दोस्रो राष्ट्रिय सम्मेलन

व्यवसाय र उद्यमशीलता निकासका लागि समाजशास्त्र विषयक २ दिने दोस्रो राष्ट्रिय सम्मेलन यही जेठ २७ गते काभ्रे बहुुमुुखी क्याम्पसमा सम्पन्न भएको छ । विश्वविद्यालय अनुुदान आयोगको सहयोगमा काभ्रे बहुुमुुखी क्याम्पसको आयोजनामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन संविधान सभा सदस्य, पूर्व उद्योग राज्यमन्त्रि हाल ‘वागमती प्रदेश सभा सदस्य माननीय कन्चनचन्द्र वादेको प्रमुुख आतिथ्यता र बनेपा नगरपालिकाको प्रमुुख शान्तिरत्न शाक्यको विशिष्ट आतिथ्यतामा गरिएको थियो । उक्त सम्मेलनमा प्रा.डा. भोजराज अर्याल र सह–प्राध्यापक डा. टिकाराम गौतमले मूूल कार्यपत्र प्रस्तुुत गर्नुभएको थियो । सम्मलेलनमा काभ्रे जिल्ला सहित उपत्यकाका १० वटा भन्दा बढी क्याम्पसहरुबाट २७ वटा विषयगत कार्यपत्रहरु प्रस्तुुत गरिएको थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयक सहित आइ वि.एस हैदरावाद समेतको उपस्थिति रहेको थियो । सम्मेलनको समापनमा सहभागीहरु तथा कार्यपत्र प्रस्तोताहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । यस सम्मेलनमा उद्यमशीलता सम्बन्धि नेपाल सरकार, विश्वविद्यालयहरु, प्रदेश सरकार तथा स्थानिय सरकारका नीति तथा कार्यक्रमहरुको समिक्षा तथा उच्च शिक्षामा उद्यमशीलताको अभ्यासमा रहेका अवसर, समस्या र चुनौतीहरुका सम्बन्धमा छलफल भएको थियो ।